काठमाडौं । निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ सांसद पाएका कुनै पनि दलले पठाएको सूचीमा त्रुटि नभेटिएको जनाएको छ । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव यज्ञप्रसाद भट्टराईले आयोगमा सूची पेस गरेका कुनै पनि दलको सूची नबिग्रिएको जानकारी दिए ।
राष्ट्रिय दल बनेका ६ दलले पठाएको सूचीमा कुनै त्रुटि नभेटिएकाले सच्याउनु नपर्ने आयोगले जनाएको हो । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनबाट ६ दलले समानुपातिक सिट पाए ।
जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७ सिट, नेपाली कांग्रेसले २०, नेकपा (एमाले) ले १६, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)र श्रम संस्कृति पार्टीले ४/४ सिट पाएका छन् । अहिले आयोगले सूची रुजु गरिरहेको र सोमबार साँझसम्म सूची प्रकाशित गर्ने तयारी छ ।
यो पनि पढ्नुहोस् :-
यी हुन् ६ दलका ११० समानुपातीक सांसद