काठमाडौं । सोमबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । आजको मूल्य प्रतितोला तीन लाख नौ हजार ५०० रुपैयाँ कायम छ ।अघिल्लो दिन तीन लाख नौ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेको छ । हिजो प्रतितोला पाँच हजार २७० रुपैयाँमा किनबेच भएको चाँदी आजका लागि पाँच हजार २६५ रुपैयाँ तोकिएको छ ।