काठमाडौँ । म्याग्दी– १ बाट नवनिर्वाचित स्वतन्त्र सांसद एवं पूर्व शिक्षामन्त्री डा. महावीर पुनले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिवको नियुक्तिलाई शतप्रतिशत गलतको संज्ञा दिएका छन् ।
प्रधानमन्त्रीले आफ्नै स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई कोषको अध्यक्षमा नियुक्त गरेपछि पुनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।
सांसद पुनले प्रधानमन्त्रीको यो कदमको विरोध गर्दै नियुक्त श्रेष्ठलाई उक्त पद नलिन समेत आग्रह गरेका छन् ।
