काठमाडौँ । डिजेल र पेट्रोलको मूल्य ह्वात्तै बढेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यअनुसार नेपालमा पनि आयल निगमले मूल्य समायोजन गरेको हो ।
निगमका अनुसार पेट्रोल प्रतिलिटर १५, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढेको छ ।
वृद्धि भएको मूल्य आईतवार राति १२ बजेबाट लागू भएको छ ।
