काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा हेमराज शर्मा निर्विरोध निर्वाचित भएका छन्।
अध्यक्षमा उम्मेदवारी दिएका दुई उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएकाले शर्मा निर्विरोध चयन भएका हुन्।
अध्यक्षका लागि शर्मासककंगै रोबिन शेरचन र रबिन बज्रचार्यले उम्मेदवारी दिएका थिए।
उनीहरू दुबै जनाले उम्मेदवारी फिर्ता लिएसँगै शर्मा निर्विरोध भएका हुन्। यद्यपि निर्वाचन समितिले आधिकारिक घोषणा गर्न भने बाकी नै छ।