काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नै स्वकीय सचिवलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनीत गरेकी छिन् ।
प्रधानमन्त्री एवं कोषका संरक्षक कार्कीले आदर्शकुमार श्रेष्ठलाई आगामी पाँच वर्षका लागि उक्त पदमा मनोनयन गरेकी हुन् ।
यसअघिका अध्यक्ष ऐनबहादुर शाहीले पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा सिन्धुलीका श्रेष्ठलाई मनोनीत गरिएको हो । यस अघि पनि प्रधानमन्त्रीले आफ्नै चिनजानका केहिलाई आफ्नो सचिवालयमा राखेकी थिईन् ।
पछि जेन-जीलगायत विभिन्न पक्षबाट आलोचना भएपछि प्रधानमन्त्री कार्कीले सचिवालयको संख्या घटाएर ६ जना कायम गरेकी थिइन् ।