काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.४५ अंकले बढेर २८२४.९० विन्दु कायम भएको छ ।
कारोबार रकम भने १४ अर्ब ३२ करोड नाघेको छ । ३५० कम्पनीको कारोबार भएकामा १२४ को मूल्य बढ्यो, १३० को मूल्य घट्यो भने नौवटाको स्थिर रह्यो । नेप्सेमा सूचीकृत भएर आजैदेखि कारोबार सुरु भएको सोलु हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ ।
यस्तै, सालपा विकास बैंक, होटेल फरेस्ट इनको पनि सकारात्मक सर्किट लेभलमा कारोबार भयो । यस दिन दरमखोला हाइड्रोपावरमा नकारात्मक सर्किट लागेको छ । यो कम्पनीको मूल्य १० प्रतिशत अर्थात् प्रतिकित्ता ८१ रुपैयाँले घटेको छ ।