काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभामा समानुपातिक तर्फबाट निर्वाचित हुने २० जनाको नाम टुंगो लगाएको छ । आज आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट १५ महिला रहने गरी २० जनाको नाम चयन गरिएको कांग्रेसका प्रवक्ता देवराज घिमिरेले जानकारी दिए ।
उनका अनुसार आदिवासी जनजाति र खसआर्यबाट ६/६, मधेसीबाट र दलितबाट तीन/तीन, मुस्लिम र थारूबाट एक/एक गरी २० जनाको नाम सिफारिस गरिएको जनाएको छ । उनिहरुको नाम आयोगले नै सार्वजनिक गर्ने समेत जनाएको छ ।