काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार तोलामा ४८ सय रुपैयाँले घटेको हो । आजका लागि तोलाको तीन लाख नौ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ ।
गत शुक्रबार सुनको भाउ तीन लाख १४ हजार २०० रुपैयाँ थियो । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । यस दिन तोलामा २२५ रुपैयाँले घटेर पाँच हजार २७० रुपैयाँ कायम भएको छ । शुक्रबार, पाँच हजार ४९५ रुपैयाँमा कारोबार भएको थियो ।