काठमाडौँ । रुकुम जिल्लाको मुसिकोट नगरपालिका–११ स्थित स्याबाङमा घर बनाउने क्रममा ७५ वर्षीय सरुन ओली काठले च्यापिँदा मृत्यु भएका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनका अनुसार, घरको बारीमा रहेको काठको गोलिया पल्टाउने क्रममा घटना भएको हो। मृतकका छोरा ओपीराम ओलीले पनि घटनाको विवरण पुष्टि गरेका छन्। घटनापछि प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ।