काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य २८ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार सुनको मूल्य तोलामा दुई हजार ८०० रुपैयाँले घटेर तीन लाख १४ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन छापावाल सुन प्रतितोला तीन लाख १७ हजार रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला पाँच हजार ४९५ रुपैयाँ खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला पाँच हजार ५१५ रुपैयाँ कारोबार भएको थियो ।