दार्चुला । दार्चुलामा निर्वाचन प्रहरीको जिम्मेवारी सकेर घर फर्किने क्रममा भिरबाट लडेर एक युवकको ज्यान गएको छ ।बिहिबार निर्वाचन प्रहरीबाट विदाई भएर घर फर्किने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएका २७ वर्षीय प्रकास धामीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।
लेकम गाउँपालिका वडा नम्बर १ मा रहेको अस्थाई प्रहरी पोष्ट विथ्थड भरडकोटमा निर्वाचन प्रहरीको विदाईमा सहभागी भएर घर फर्किने क्रममा दानै भिरबाट लडेर गम्भीर घाइते भएका धामीको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए ।
लेकम गाउँपालिका वडा नम्बर २ गराडी घर भएका धामीको बिहिबार ४० दिने कार्यअवधि पुरा भए संगै सम्पुर्ण निर्वाचन प्रहरीहरुको सम्मानसहित विदाई गरिएको थियो ।