काठमाडौं । निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फको अन्तिम परिणाम सार्वजनिक गर्दै सिट बाँडफाँट गरेको छ ।
आयोगले तीन प्रतिशत पार गर्ने ६ दलले प्राप्त गरेको सिट संख्या सार्वजनिक गरेको हो । आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेकपाले ९, श्रम संस्कृतिले ४ र राप्रपा ४ सिट प्राप्त गरेका छन् ।
