काठमाण्डौ । बजारमा खाना पकाउने ग्यासको चरम अभाव देखिएपछि सरकारले नयाँ नियम लागू गरेको छ। नेपाल आयल निगमको आज बसेको सञ्चालक समितिको बैठकले अबदेखि उपभोक्तालाई आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय गरेको छ।
पछिल्लो समय बजारमा ग्यासको माग अस्वभाविक रूपमा बढेको र डिपोहरूमा उपभोक्ताको लामो लाइन लाग्न थालेपछि निगमले यो प्रणाली अपनाएको हो।
