काठमाडौं। मानव तस्करका प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका १६ नेपालीको उद्धार गरिएको छ । कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ्ग केन्द्रहरू, क्यासिनोहरूमा अनलाइन ठगि तथा अन्य विभिन्न गैरकानुनी काममा लगाइएका तथा बिना भिसा बसेका १६ जना नेपालीहरुको उद्धार गरिएको हो ।
बैंककस्थित नेपाली राजदुतावासको पहल र कम्बोडियाको सरकारको सहयोगमा उद्धार भई गैर आवासीय नेपाली संघ, कम्बोडियाको सहजीकरणमा आज नेपाल फर्काइएको हो। यसैगरी अलपत्र परेका वा कठिन परिस्थितीमा रहेका अन्य नेपालीहरूलाई नेपाल फर्काउने पहल भइरहेको राजदूतावासले जनाएको छ । कम्बोडियामा नेपाली नागरिकहरु अनलाइन ठगी लगायत गैर कानुनी काममा लगाइएको र बिना भिषा वा भिषा अवधी भन्दा बढि समय बसिरहेको जानकारी प्राप्त भएको राजदूतावासले जनाएको छ ।
