काठमाडौँ । अमेरिकासँग बढ्दो तनावका कारण इरानले सन् २०२६ को फिफा विश्वकपमा सहभागी नहुने जनाएको छ। इरानका खेलकुद मन्त्री अहमद दुन्यामालीले अमेरिकी आक्रमणमा देशका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गरिएको आरोप लगाउँदै यस्तो परिस्थितिमा विश्वकपमा सहभागिता असम्भव भएको बताए।
दुन्यामालीका अनुसार हालको अवस्थामा नागरिक र खेलाडीको सुरक्षा सुनिश्चित नभएको र युद्धका कारण हजारौँ इरानी नागरिक मारिएको अवस्था छ। सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन्, जहाँ इरानको समूह चरणका खेल अमेरिकाका विभिन्न शहरमा हुने तालिका तय छ। तर इरानी टोलीले हालको परिस्थितिमा विश्वकपमा सहभागी हुन सक्ने अवस्था नरहेको महासंघका अध्यक्ष मेहदी ताजले बताए।