काठमाडौं । न्युजिल्यान्डले स्नातक विद्यार्थीका लागि नयाँ रोजगारी भिसाको व्यवस्था ल्याएको छ । न्यूजील्यान्डको अध्यागमनले अध्ययन पूरा गरेका अन्तर्राष्ट्रिय विद्यार्थीका लागि नयाँ रोजगारी भिसा सम्बन्धी व्यवस्था घोषणा गरेको हो। सरकारको अन्तर्राष्ट्रिय शिक्षा विस्तार योजना अन्तर्गत सन् २०२६ को अन्त्यदेखि नयाँ नियम लागू गरिने बताइएको छ।
नयाँ व्यवस्थाअनुसार योग्यता स्तर ५–७ पूरा गरेका तर अध्ययनपछि काम गर्न पाइने भिसाका लागि योग्य नहुने स्नातक विद्यार्थीका लागि ६ महिनाको छोटो अवधिको स्नातक रोजगारी भिसा उपलब्ध गराइनेछ। यसका लागि विद्यार्थीले न्युजिल्यान्डमा कम्तीमा २४ हप्ता पूर्णकालीन अध्ययन गरेको हुनुपर्नेछ। यस्तो भिसा विद्यार्थीले डिप्लोमा अध्ययन गरेको अवधिअनुसार अधिकतम १ वर्षसम्म पाउन सक्नेछन्।
