धनगढी । कैलालीका एक उम्मेदवारले निर्वाचन आयोगमा अत्यन्तै रोचक खर्च विवरण पेश गरेका छन्।
कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका दिपक रावलले जिल्ला निर्वाचन कार्यालय कैलालीमा पेश गरेको अनुसूची-४१ बमोजिमको खर्च विवरणमा ‘८८४८ भोड्का र लोकल रक्सी’ पिएको हिसाब स्पष्ट खुलाएका हुन्।
उनले चुनाव प्रचारका क्रममा कार्यकर्ता र स्वयम्सेवकको ‘थकाइ मेट्न’ भन्दै भोड्का र लोकल रक्सीमा भएको खर्चसमेत निर्वाचन आयोगमा आधिकारिक रूपमै बुझाएका छन्।
‘क्यामेरा’ चुनाव चिह्न लिएर उनी स्वतन्त्र उम्मेदवार बनेका थिए ।
