काठमाडौं । नेपाल आयल निगमले विश्व बजारमा देखिन सक्ने सम्भावित ऊर्जा संकट र आपूर्तिमा पर्न सक्ने प्रभावलाई मध्यनजर गर्दै उपभोक्ताहरूलाई पेट्रोलियम पदार्थ र एलपी ग्यासको मितव्ययी प्रयोग गर्न अपिल गरेको छ ।
मध्यपूर्वमा देखिएका पछिल्ला समस्याहरूका कारण हालसम्म नेपालको आपूर्ति व्यवस्थामा कुनै प्रत्यक्ष असर नपरेको भए पनि विश्वका अन्य मुलुकहरूले सुरक्षात्मक उपाय अपनाउन थालिसकेकोले यस्तो पूर्वसतर्कता अपनाएको हो ।
पूर्ण रूपमा आयातमा निर्भर रहनुपर्ने बाध्यताका कारण नेपालले पनि खपतमा सुरक्षात्मक प्रबन्ध मिलाउनु आवश्यक देखिएको निगमको बताएको छ ।
आपूर्ति व्यवस्था हालसम्म नियमित र सुचारु रहेको भन्दै निगमले उपभोक्ताहरूलाई ग्यास र इन्धनको अनावश्यक भण्डारण नगर्न र आवश्यक परिमाणमा मात्र खरिद गर्न आग्रह गरेको छ ।
