संखुवासभा । संखुवासभामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ।
चैनपुर–७ फलाटेमा घाँस काट्ने क्रममा रुखबाट लडेर ४० वर्षीय राम बहादुर बर्देवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ।
कार्यालका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार बुधबार दिउँसो रुखबाट लडेर गम्भीर घाइते भएका बर्देवालाई आधारभूत अस्पताल चैनपुरमा पु¥याउँदा अस्पतालले मृत घोषणा गरेको थियो।
उनको शव पोस्टमार्टमका लागि आधारभूत अस्पताल चैनपुरमा राखिएको छ।