काठमाडौं । बुधबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला २ हजारले बढेसँगै तोलाको तीन लाख १९ हजार पुगेको छ । अघिल्लो दिन प्रतितोला तीन लाख १७ हजार रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै, चाँदीको मूल्य स्थिर छ । अघिल्लो दिनमा पाँच हजार ७२० रुपैयाँमा कारोबार भएकामा आज पनि सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।