काठमाडौँ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले प्रतिनिधिसभा सदस्य महावीर पुनलाई सडक र फुटपाथमा किताब नबेच्न आग्रह गरेका छन् । मेयर आचार्यले बुधबार सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् ।
दर्ता वा अनुमतिबिना कुनै पनि वस्तुको बिक्रीवितरण गर्नु कानुनी रूपमा जटिल हुने मेयर आचार्यको भनाइ छ । उनले आवश्यकता परेको खण्डमा स्टक रहेका सबै किताब बेच्न पुस्तक व्यवसायी महासंघमार्फत पहल र सहजीकरण गर्ने समेत बताएका छन् ।