काठमाडौँ । भावी प्रधान न्यायाधीशका लागि न्याय परिषद्ले संवैधानिक परिषद्मा ६ जना न्यायाधीशको सूची पठाएको छ ।
परिषद्ले योग्यता पुगेका ६ जना न्यायाधीशको नाम सिफारिस गर्दै परिषद्मा पठाएको हो ।
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेरहदका कारण आउँदो चैत १८ गतेदेखि अवकाशमा जान लागेपछि उक्त पदका निम्ति सर्वोच्चकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा.मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सचिवालयमा पठाएको जनाएको छ ।