काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा मंगलबार भएको उक्त भेटमा गृहमन्त्री अर्यालले नवनियुक्त राजदूतलाई औपचारिक रूपमा बधाई दिँदै उनको कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका छन् ।
भेटका क्रममा दुई देशबीचको आपसी हित, सुरक्षा समन्वय र द्विपक्षीय सम्बन्धका विविध आयामबारे छलफल भएको मन्त्रालय स्रोतले जनाएको छ। सो अवसरमा राजदूत माओमिङले आफ्नो कार्यकालमा नेपाल र चीनबीचको ऐतिहासिक एवं मित्रवत् सम्बन्धलाई थप सुदृढ र नयाँ उचाइमा पु¥याउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।