काठमाडौँ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से ३२.०८ अंकले घटेर २८४३.३५ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय २९ कम्पनीको ५२ करोड ७१ लाख १ हजार ३ सय ५३ कित्ता सेयर खरिद बिक्री हुँदा २१ अर्ब माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नग्दि ग्रुप पावर कम्पनीको भएको छ ।