डोटी । डोटीमा ढिस्कोले पुरिएर किशोरीको मृत्यु भएको छ । घर लिप पोतका लागि माटो खन्न गएकी सायल गाउँपालिका–२ ग्वानीकी १६ वर्षीया किशोरी एलिना सिंहको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आज बिहान ९ः४८ बजेतिर घर नजिकैको गौसिल भन्ने ठाउँमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर सिंहको घटनास्थलमै मृत्यु भएको हो ।