काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनपछि दोस्रो कारोबार दिनको प्रिओपन सेसनमा सेयर बजारले उत्साहजनक उछाल देखाएको छ। मंगलबार प्रिओपन सेसनमा बजार ३५.९३ अंकले बढ्दै २,९११.३६ बिन्दुमा पुगेको छ।
सोमबार बजार तीन पटक बढ्दै १६२.९३ अंक ६ प्रतिशत उक्लिएको थियो। प्रिसेसनमा २१० कम्पनीको मूल्य वृद्धि भएको छ भने ९ कम्पनीको मूल्य घटेको र ३४ कम्पनीको मूल्य स्थिर रहेको छ। चुनावपछिका परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई तिहाई नजिक मत पाएपछि लगानीकर्तामा उत्साह बढेको र त्यसैले बजारमा उच्च अंकको वृद्धि भएको विश्लेषकहरूको भनाइ छ। प्रिसेसनमा आएको यो उच्च वृद्धिले आज पनि बजार सोमबारकै शैलीमा वृद्धि हुने संकेत गरेको देखिन्छ।