धनगढी । सुदूरपश्चिम सरकारले आज सार्वजनिक बिदा दिएको छ । खखडेहरा पर्वको अवसरमा प्रदेश सरकारले मंगलबार बिदा दिएको हो ।
राना थारू समुदायले परम्परागत ‘खखडेहरा पर्व’ आज मनाइरहेका छन् ।
मुलुकमै कञ्चनपुर र कैलालीमा मात्रै बसोबास रहेको राना थारू समुदायले परम्परागत होली पर्वको अन्तिम दिनलाई खखडेहरा पर्वका रुपमा परम्परगत शैलीमा मनाउने गरेका छन् ।