काठमाडौँ । इरान–इजरायल युद्धका कारण नेपाली बजारमा खाने तेलको मूल्य आकाशिएको छ । अन्तराष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा पनि खाने तेलको मूल्य बढेको हो ।
नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघका अनुसार सूर्यमुखी तेलको मूल्य कार्टुनमा ५ सय रुपैयाँले बढेको छ । खाने तेलको मूल्य बढेसँगै हाल नेपाली बजारमा खाने तेलको मूल्य ब्राण्ड अनुसार २७ सयदेखि २८ सयसम्म पर्न थालेको छ ।
इरान र इजरायलबीचको युद्धका कारण खाने तेलका लागि चाहिने कच्चा पदार्थको मूल्य अन्तराष्ट्रिय स्तरमै बढेको छ । यही कारण खाने तेलको मूल्यमा अस्वभाविक वृद्धि देखिएको व्यवसायीहरुको भनाई छ ।
इरान–इजरायल युद्धको प्रभाव सुरु भए यता खाने तेलको मूल्य बढेको व्यवसायीहरुले बताएका छन् । करिव एक महिना अघिसम्म प्रति लिटर २ सय ४० रुपैयाँ पर्ने सूर्यमुखी तेललाई हाल प्रति लिटर ३ सय रुपैयाँ पर्न थालेको छ । यो मूल्य अझै बढ्न सक्ने व्यवसायीहरुले बताएका छन् ।