काठमाडौं । कुवेत सरकारले भिजिट भिसा बाहेक सबैको भिसा एक महिनाको लागि थप गर्ने निर्णय गरेको छ ।
अमेरिका/इजरायल र इरानबीचको युद्धका कारण हवाइ उडान अवरुद्ध भएपछि कुवेत सरकारले यस्तो निर्णय गरेको हो ।
“कुवेत सरकारले कुवेतमा रहेका भिजिट भिसावाहक सबैको भिसा एक महिनाको लागि थप गरेको, कुवेतबाहिर रहनुहुने कुवेतको सिभिल आईडीवाहकहरूको हकमा विगतको कम्पनीमा काम गर्नेहरूको हकमा ६ महिना र घरेलु कामदारहरूको हकमा चार महिनाभन्दा बढी कुवेत बाहिर बस्दा सिभिल आईडी/दुई हुने व्यवस्थालाई परिमार्जन गर्दै हालको अवस्थामा उल्लिखित अवधिमा तीन महिनाको अवधि थप गरेको,” कुवेतस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यसरी थप गरेको अवधि २०२६ फेब्रुअरी २८ देखि लागु भएको दूतावासले जनाएको छ । यसबाहेक अन्य सबै भिसावाहकहरूको हकमा आफ्नो भिसाको अवधि समाप्त हुनुअघि आफ्नो रोजगारदातासँग सम्पर्क गरी भिसाको अवधि नवीकरण गर्न पनि दूतावासले अनुरोध गरेको छ ।
