काठमाडौं । देशका अधिकांश भू–भागमा आज मौसममा बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल नेपालमा विभिन्न प्रदेशहरूमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव देखिएकाले वर्षा र हिमपातको सम्भावना रहेको हो।
विभागका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ। देशका बाँकी भू–भागमा भने आंशिक बदली रहने देखिन्छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा पनि हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
राती कहाँ–कहाँ हुँदैछ वर्षा?
गण्डकी प्रदेशः पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा÷हिमपातको सम्भावना छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।