काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनपछि सोमबार खुलेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल आएको छ । नेप्से ६ प्रतिशतले बढ्दा आजको कारोबार बन्द भएको छ ।
कारोबार शुरु भएको एक मिनेटमै नेप्से ४ प्रतिशतले बढेर २० मिनेटका लागि बन्द भएको थियो । त्यसपछि खुलेको नेप्सेमा ५ प्रतिशतले बढेर पुनः सकारात्मक सर्किट ब्रेक लागेको थियो ।
४० मिनेटका लागि कारोबार बन्द भएर खुलेको नेप्सेमा ६ प्रतिशतले बढेर फेरि तेस्रो पटक सकारात्मक सर्किट लागेको हो । जसले गर्दा आजका लागि कारोबार नै बन्द भएको छ ।