काठमाडौँ । सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा सुनको मूल्य ३ हजार ७०० रुपैयाँले घटेर ३ लाख १३ हजार २०० रुपैयाँ कायम भएको हो । आइतबार यस्तो मूल्य ३ लाख १६ हजार ९०० रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ६५ रुपैयाँले घटेको छ । अघिल्लो दिन ५ हजार ५ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ५ हजार ४१० रुपैयाँ कायम भएको छ ।