काठमाडौं । आयोजक भारतले आइसीसी टि–२० विश्वकपको उपाधि जितेको छ । फाइनलमा न्यूजिल्याण्डलाई ९६ रनले पराजित गर्दै भारतले विश्वकपको ट्रफी जितेको हो ।
भारतले लगातार दोस्रो पटक विश्वकपको उपाधि जितेको हो । यसअघि २०२४ मा पनि भारतले विश्वकपको उपाधि जितेको थियो । भारतले दिएको २५६ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डका टिम सिफर्ट बाहेक अन्य ब्याट्सम्यानले आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।
सिफर्टले २६ बलमा ५२ रन बनाए । यस्तै कप्तान मिचेल सेन्टनरले ३५ बलमा ४३ रन बनाएपछि जितका लागि पर्याप्त भएन । भारतका जसप्रित बुमराहले शानदार बलिङ गर्दै ४ विकेट लिए । चार ओभरमा बलिङ गरेका उनले मात्रै १५ रन खर्चिए । यस्तै अक्षर पटेलले ३ विकेट लिँदा वरुण चक्रवर्ती, हार्दिक पाण्ड्या र अभिषेक शर्माले एकएक विकेट लिए ।
त्यसअघि भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २५५ रन बनाएको थियो ।