काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि अहिले भारत र न्यूजिल्याण्ड भिडिरहेका छन् ।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा जितका लागि न्यूजिल्याण्डले २५६ रनको चुनौती पाएको छ ।
खेलमा भारतले टस हारेर पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा २५५ रन बनायो । यो टी–२० विश्वकपको फाइनलको सबैभन्दा ठूलो स्कोर हो ।