काठमाडौँ ।
काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचन सकिएसँगै देशभरको मतपरिणाम सार्वजनिक भइरहेको छ । फागुन २१ गते सम्पन्न निर्वाचनमा सुदूरपश्चिमको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्र रहेको यस क्षेत्रको सबै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ ।
जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एमाले र नेपाली काङ्ग्रेस सहित ३ दलले निर्वाचन मतपरिणाम हातमा पारेको छ । जसमा सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका १६ ओटा निर्वाचन क्षेत्रमा कैलाली कञ्चनपुरका ८ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जितेको छ । त्यस्तै बैतडी, डडेल्धुरा गरि १० निर्वाचन क्षेत्रमा रास्वपाले जितेको हो । सुदूरपश्चिममा एमाले र काङ्ग्रेसले पनि केही निर्वाचन क्षेत्रको नतिजा आफ्नो पक्षमा हात पारेको छ । जसमा काङ्ग्रेसले बाजुरा, अछाम १, डोटीमा जितेको हो । अछाम २, बझाङ र दार्चुला गरि तीन क्षेत्रमा एमालेले जितेको हो ।
कुन निर्वाचन क्षेत्रमा कुन पार्टीका उम्मेदवार निर्वाचित भए ?
कैलाली, कञ्चनपुरका सबै निर्र्वाचन क्षेत्रसहित डडेल्धुरा र बैैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जितेको छ । अछाम २ बझाङ र दार्चुलामा एमालेले जितेको छ, भने डोटी, बाजुरा, अछाम १ मा नेपाली काङ्ग्रेसले जितेको छ ।
कैलाली –१ म रास्वापाकी कोमल ज्ञवाली निर्वाचित भएकी हुन । उनले १७ हजार ८२६ मतसहित निर्वाचित भएकी हुन । उनले नेपाली काङ्ग्रेसका जनकराज चौधरीलाई पछि पार्दै निर्वाचनको मतपरिणाम आफ्नो पक्षमा पारेकी हुन । नेकपाका तर्फबाट मेयर पद राजिनामा दिएर निर्वाचनमा होमिएका टीकापुर नगरपालिकाका पूर्वमेयर रामलाल डगौरा थारू ८ हजार ३९२ मतका साथ तेस्रो भए ।
कैलाली –२ मा रास्वपाका केपी खनाल विजयी भएका हुन । उनले १९ हजार ५७ मत ल्याएर निर्वाचित भएका हुन । उनले नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीलाई पछि पार्दै निर्वाचित भए । पतिरामले ११ हजार ९४९ मत ल्याएका थिए, भने नेकपा एमालेका सुर्य बहादुर थापा ७ हजार ८ सय ८६ मतका साथ तेस्रो भएका हुन ।
कैलाली –३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जगत प्रसाद जोशी निर्वाचित भएका हुन । जोशीले २० हजार ३५९ मत ल्याएर निर्वाचित भएका हुन, भने उनका प्रतिद्वन्दी नेकपाका उम्मेदवार वीरमान चौधरी ११ हजार ९८३ मत ल्याएर दोस्रो भएका हुन ।
कैलाली –४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का खेम राज कोइराला २८ हजार ५५६ मतका साथ यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन । उनले नेपाली कांग्रेसका गोरख बहादुर विष्टलाई पछि पार्दै निर्वाचित भएका हुन । नेकपा एमालेका लेखराज भट्ट ९ हजार ४४४ मत ल्याएर तेस्रो भएका हुन ।
कैलाली –५ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आनन्द बहादुर चन्द निर्वाचित भएका हुन । उनले ३१ हजार ९५३ मत प्राप्त गर्दै विजय भएका हुन । उनले नेपाली काङ्ग्रेसका नरनारायण शाहलाई पछि पार्दै विजय भएका हुन । नरनारायण शाहले ११ हजार ९५८ मत ल्याएका थिए, भने नेकपाका प्रेम बहादुर आलेले ७ हजार ८७६ मत मात्र ल्याए ।
कञ्चनपुर–१ म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट जनक सिंह धामी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन । उनी २४ हजार ३३२ मत ल्याउँदै निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्वन्दी नेकपाकी बिना मगरले ११ हजार ११० मत ल्याएर दोस्रो भएकी हुन ।
कञ्चनपुर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट दीपक राज बोहोरा ३३ हजार ९५२ मत ल्याएर निर्वाचित भएका हुन ।
कञ्चनपुर–३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता निर्वाचित भएका हुन । उनले २७ हजार ११८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन । उनले नेपाली काङ्ग्रेसका हरि प्रसाद बोहरालाई पछि पार्दै निर्वाचित भएका हुन । नेकपाका दीपक प्रकाश भट्ट ७ हजार ५७५ मतका साथ तेस्रो भएका हुन ।
डडेल्धुरा–१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. तारा प्रसाद जोशी निर्वाचित भएका हुन । उनले १९ हजार १३१ मत ल्याएर निर्वाचित भएका हुन । उनले नेपाली काङ्ग्रेसका नैन सिंह महरलाई हराउँदै निर्र्वाचित भएका हुन । महरले १२ हजार १२१ मत ल्याए भने, नेकपाका मान सिह मालले ६ हजार ८३४ मत ल्याएका हुन ।
बैतडी–१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हरि मोहन भण्डारी निर्वाचित भएका छन् । उनले २२ हजार १३४ मत प्राप्त गर्दै विजय भएका हुन । उनले नेपाली कांग्रेसका चतुर बहादुर चन्दलाई हराएका हुन । चन्दले १८ हजार १९४ मत ल्याएका हुन । भने नेकपा एमालेका दामोदर भण्डारी १७ हजार ९१ मत ल्याएका हुन ।
अछाम –२ बाट नेकपा एमालेका यज्ञ बहादुर बोगटी विजयी भएका हुन । उनले ८ हजार ४७३ मत सहित विजय भएका हुन । उनले नेपाली काङ्ग्रेसका पुष्प बहादुर शाह विजयी भएका हुन । ८ हजार १०५ मत ल्याएर दोस्रो भएका हुन । भने नेकपाका बल बहादुर कुवँर ४ हजार ७१२ मतका साथ तेस्रो भए ।
बझाङ–१ बाट नेकपा एमालेका ऐन बहादुर महर विजयी भएका हुन ।उनले १८ हजार ५४३ मत ल्याएर विजय भए । उनले काङ्ग्रेसका प्रकाश रसाइली स्नेही लाई पछि पार्दै विजयी भएका हुन । उनले १६ हजार ३०४ मत ल्याएर दोस्रो भएका थिए, भने नेकपाका मिन बहादुर कुवँर ९ हजार ७५७ मत ल्याएर तेस्रो भएका हुन ।
दार्चुला–१ बाट नेकपा एमालेका गणेश सिंह ठगुन्ना १८ हजार ८९१ मतका साथ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन । ठगुन्नाले नेपाली काङ्ग्रेसका धर्मानन्द जोशीलाई पछि पार्दै निर्वाचित भएका हुन । धर्मानन्दले २५ हजार ८३६ मत ल्याएका हुन । यस क्षेत्रमा रास्वपका राजेश सिंह सामन्त साउँदले ८ हजार ९३६ मत ल्याएर तेस्रो भएका हुन ।
डोटी १ मा नेपाली काङ्ग्रेसका भारत बहादुर खड्का निर्वाचित भएका छन्। उनी १४ हजार ८९७ मतसहित निर्वाचित भएका छन् । नेकपा एमालेका दीपक बहादुर धामी लाई पछि पार्दै निर्वाचित भएका हुन । एमालेका धामीले १४ हजार ११० मत प्राप्त गरेका हुन ।
बाजुरा –१ बाट नेपाली काङ्ग्रेसका जनक राज गिरी बिजयी भएका छन् । उनले १७ हजार १७३ मत ल्याएर विजयी भएका हुन । उनका प्रतिद्वन्दी नेकपा एमालेका लालबहादुर थापाले १६ हजार ६३३ मत ल्याएका हुन । त्यस्तै रास्वपाका हेमराज थापा ६ हजार ३५ मतसहित तेस्रो भएका हुन । नेपाली काङ्ग्रेस
अछाम क्षेत्र न १ बाट भरत कुमार स्वार बिजयी भएका हुन । उनी १० हजार ७५९ मतसहित विजयी भएका हुन । उनले नेकपा एमालेका भीम रावललाई ५२६ मतान्तरका साथ विजय भएका हुन ।