काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रामेछापबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा। कृष्णहरि बुढाथोकी निर्वाचित भएका छन्। मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार बुढाथोकीले २४ हजार ८ सय ८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। निर्वाचनमा नेकपा (एमाले)का माधव ढुङ्गेलले १७ हजार ६ सय ९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका रामचन्द्र खड्काले १६ हजार ३ सय ७ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका श्यामकुमार श्रेष्ठले १३ हजार ३ सय ५४ मत प्राप्त गरेका छन्।