काठमाडौँ । निर्वाचन आयोगले धनुषा निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन परिणाम तत्काल घोषणा नगर्ने निर्णय गरेको छ। आयोगको निर्णयअनुसार आइतबार धनुषा–१ को निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरिएको आयोगका शाखा अधिकृत ९कानून० अरुण अधिकारीले जानकारी दिए।
आयोगले फागुन १८ गते सो क्षेत्रका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम रहेको प्रमाण प्राप्त भएको भन्दै खारेज गर्ने निर्णय गरेको थियो।उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भई विचाराधीन रहेकाले अदालतबाट आदेश नआएसम्म धनुषा–१ को प्रत्यक्षतर्फ ९पहिलो हुने निर्वाचित हुने प्रणाली० को मत परिणाम घोषणा नगर्न अनुरोध गरिएको आयोगले जनाएको छ।
आयोगको निर्णयअनुसार परिणाम घोषणा नगर्न धनुषा–१ का निर्वाचन अधिकृतलाई पत्र पठाइएको छ। साथै उक्त पत्र सम्बन्धित कार्यालयमा तामेल गराई जानकारी आयोगसमक्ष पठाउन प्रदेश निर्वाचन कार्यालयलाई पनि बोधार्थ गरिएको शाखा अधिकृत अधिकारीले बताए।
