काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत महोत्तरी २ को मतगणना सम्पन्न भएको छ ।
यहाँ रास्वपाका दीपककुमार साह निर्वाचित भएका छन् ।
उनले १९ पटक मन्त्री बनेका जनता समाजवादी पार्टी, नेपालका शरतसिंह भण्डारीसहितलाई पराजित गरे ।
दीपककुमार ३२ हजार ७२२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी भण्डारीले १० हजार १९८ मत ल्याए ।