काठमाडौँ । कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यतर्फको मतगणना रोचक बन्दै गएको छ। पछिल्लो प्राप्त विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार केपि खनालले आफ्नो अग्रतालाई सुरक्षित राखेका छन्। उनलाई नागरिक उन्मुक्ति पार्टी (नाउपा) का उम्मेदवारले पछ्याइरहेका छन्। अहिलेको अवस्थामा रास्वपाका केपि खनाल र नाउपाका पतिराम चौधरीबीच ५०३ मतको तीव्र प्रतिस्पर्धा देखिएको छ।
पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केपि खनाल ५,९३७ का साथ अगाडी रहेका छन् । उलनाई नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार पतिराम चौधरी ५,४३४ का साथ पछउँदै आएका छन् ।
त्यस्तै एमालेका सुर्य बहादुर थापाले ३,१९५ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् । नेपाली कांग्रेसका विजय बहादुर स्वार २,६३१ ल्याएका छन् ।
सुरुवाती चरणमा केही पछि परेको नाउपाले पछिल्लो समय मतान्तर घटाउँदै लगेको छ। एमालेका सुर्य बहादुर थापा तेस्रो स्थानमा रहे पनि शीर्ष दुई उम्मेदवारभन्दा निकै पछि छन्।यस क्षेत्रमा मतगणना अझै जारी छ । केही समय रोकिएको मतगणनापछि रास्वपाका केपि खनाल अग्रता कायमै राखेका छन् ।