काठमाडौँ । दाङ–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिपिनकुमार आचार्य निर्वाचित भएका छन् । उनले आचार्यले ४३ हजार ५ सय ५९ मत प्राप्त गरेका छन् । उनले एमाले महासचिव शंकर पोख्रेललाई २८ हजार २७२ को फराकिलो मतान्तरले पछि पारेका हुन् ।
निकटतम प्रतिस्पर्धी एमालेका महासचिव पोख्रेलले १५ हजार २ सय ८७ मत प्राप्त गरेका छन् । त्यस्तै, कांग्रेसका किरणकिशोर घिमिरेले ११ हजार ५५८ मत प्राप्त गरेका छन् भने नेकपाका निर्मल आचार्य ले ७ हजार ८३ मत प्राप्त गरेका छन् । दाङ–२ मा कुल ८२ हजार ३ सय ५ मत खसेको थियो ।