काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापा–५ मा मतान्तर थप बढाएका छन् । मतगणनाको प्रारम्भमै अगाडि देखिएका उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको मतान्तर ९ हजार २५३ पु¥याएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले यसअघि सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार बालेनको मत ११ हजार ९४५ पुगेको छ । उनलाई ओलीले २ हजार ६९२ मतका साथ पछ्याइ रहेका छन्। श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ एक हजार ४७७ मतका साथ तेस्रो स्थनामा छन् ।
यहाँ नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले ३५५ र नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले ३३५ मत पाएका छन् ।