काठमाडौँ । ललितपुर क्षेत्र नम्बर २ अन्तर्गत वडा नं ९ मा मतगणना अस्थायी रूपमा स्थगित गरिएको छ । मुचुल्का उठाउँदा ३० वटा मतपत्र कम भएको पाइएको कारणले गर्दा मतगणना रोकिएको हो ।
यहाँ कुल ४ हजार १८५ मतपत्र रहेको भनिए पनि, मतगणना गर्दा केवल ४ हजार १५५ मतपत्र मात्र भेटिएको बताइएको छ । यस कारणले मतगणना रोकिएको हो ।
स्थानीय तहका राजनीतिक दलहरूले सर्वदलीय बैठक बस्ने तयारी गरिरहेका छन् । बैठकपछि बाँकी मतगणना पुनः जारी गरिने जानकारी प्राप्त भएको छ ।
उक्त क्षेत्रमा विभिन्न दलका उम्मेदवारहरू प्रतिस्पर्धामा छन् । रास्वपाबाट जगदीश खरेल, कांग्रेसबाट प्रेमकृष्ण महर्जन, नेकपा एमालेबाट प्रेम महर्जन, र उज्यालो नेपाल पार्टीबाट राजाराम टण्डुकार छन् ।