काठमाडाैँ । कैलाली निर्वाचन क्षेत्र नं। ३ मा नेपाल कम्युनिस्ट पार्टीका वीरमान चौधरीले अग्रता कायम गरेका छन्। १,५७२ मत गणना गर्दा वीरमान चौधरीले ६०४ मत प्राप्त गरेका छन्।
त्यस्तै रास्वपाका जगतप्रसाद जोशीले २७५, नेपाली कांग्रेसका भीम बडुवालले २१५ र एमालेका गौरीशंकर चौधरीले १०३ मत प्राप्त गरेका छन् भने ८३ मत बदर भएका छन्।
२१ फागुनमा सम्पन्न निर्वाचनको आज बिहानदेखि कैलालीमा मतगणना सुरु भएको हो।