काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत तेह्रथुममा मतगणना जारी रहँदा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बाले अग्रता बनाएका छन्। पछिल्लो मतपरिणाम अनुसार उनी प्रतिस्पर्धी उम्मेदवारभन्दा अगाडि देखिएका हुन्।
हालसम्मको गणना अनुसार सुब्बाले ३ हजार ८४ मत प्राप्त गरेका छन्। उनलाई नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले पछ्याइरहेका छन्। ढकालले हालसम्म २ हजार ९९३ मत प्राप्त गरेका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुरेन्द्र कार्की तेस्रो स्थानमा रहेका छन्। उनले २ हजार ५४९ मत प्राप्त गरेका छन्। त्यसैगरी श्रम संस्कृति पार्टीका उम्मेदवार सुविन्द्रकुमार लिम्बुले १ हजार ४४१ मत प्राप्त गरेका छन्। तेह्रथुममा मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच देखिएको छ भने अन्य दलका उम्मेदवारहरू पनि उल्लेख्य मतसहित प्रतिस्पर्धामा छन्। मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन भने केही समय लाग्ने निर्वाचन अधिकृतले बताएका छन्।