काठमाडाैँ । कैलाली १ मा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । १७९६ मत गणना हुदा नेपाली कांग्रेसका जनकराज चौधरीले ७१७ मत ल्याएका हुन ।
त्यस्तैै रास्वपाका कमल ज्ञावलीले ६६२ र स्वतन्त्र उम्मेदवार फागुराम चौधरीले ६४६ मत ल्याएका छन । नेकपाका रामलाल डगौारा थारुले २०७ मत ल्याएको छ । ५९०६१ मत खसेकका थिए । बिहानदेखि मतगणना भएको हो ।
यता कैलाली २ मा समेत नेपाली कांग्रेसका बिजय स्वारले अग्रता कायम राखेका छन् । कैलाली २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । ४०० मत गणना हुँदा कांग्रेसका उम्मेदवार बिजय स्वाँरले १४६ मत सहित अग्रता लिएका छन् ।
दोस्रोमा रहेका नेकपा एमालेका उम्मेदवार सूर्य थापाले ६३ मत ल्याएका छन् । तेस्रोमा रास्वपाका केपी खनालले ४० मत, नेकपाले ५५ र नाउपाले १ मत ल्याएको छ । यो क्षत्रमा १ लाख ७ हजार ७ सय ५७ मतदाता छन् भने ५६ हजार ७ सय ७० मत खसेको छ ।