काठमाडौँ । रविन्द्र मिश्रले सामाजिक सञ्जालमार्फत रञ्जु दर्शनालाई बधाई तथा शुभकामना दिएका छन्। उनले करिब १०–११ वर्षअघि रञ्जु दर्शनाको यही तस्बिरसहितको लेख साझा गर्दै उनको इमानदारी, नेतृत्व र सक्रियताप्रति आशा व्यक्त गरेको स्मरण गरेका छन्।
मिश्रले सोही तस्बिर पुनः साझा गर्दै भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना र समाज रूपान्तरणका लागि रञ्जु दर्शनाले देखाएको प्रतिबद्धताको प्रशंसा गरेका छन्। उनले देशमा सकारात्मक परिवर्तनका लागि उनको इमान र दृढता कायम रहिरहोस् भन्ने कामना पनि व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमा लेख्दै मिश्रले सुशासन र पारदर्शिताका लागि संघर्ष गरिरहेका व्यक्तित्वहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गरेका छन्।
उनको उक्त सन्देश सामाजिक सञ्जालमा व्यापक रूपमा साझा भइरहेको छ। मिश्रले देशमा राम्रो शासन प्रणाली स्थापना गर्न इमानदार नेतृत्वको आवश्यकता रहेको पनि औँल्याएका छन्।