काठामाडौँ । रास्वपाका सभापति समेत रहेका रवि लामिछानेले चितवन–२ मा दोब्बर मतान्तरले अगाडी रहेका छन् ।
१२ हजार १९६ मत गणना हुँदा रवि लामिछानेको ५ हजार ४७५ मत आएको छ । एमालेका उम्मेदवार अस्मिन घिमिरेले २ हजार २५१ मत ल्याएका छन् ।
त्यस्तै कांग्रेसका मीनाकुमारी खरेलको २ हजार ५३ र नेकपाका प्रताप गुरूङको १ हजार ५३१ मत ल्याएका छन् । चितवन–२ मा ८७ हजार २२१ मत खसेको थियो ।