काठमाडौं । हेलिकाेप्टरमार्फत् मतपेटिका ढुवानी कार्य शुक्रबार दिउँसोसम्म सकिने जनाएको छ । दोलखा, पूर्वी रूकुम, बाजुरा, बझाङ र हुम्ला जिल्लामा मतदानका लागि आवश्यक मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने कार्य जारी रहेको छ।
निर्वाचन तयारी अन्तर्गत दुर्गम तथा सडक पहुँच कम भएका क्षेत्रमा हेलिकप्टर प्रयोग गरेर मतपेटिका पुर्याउने कार्य गरिएको हो। यस क्रममा रसुवा जिल्लामा मतपेटिका ढुवानी कार्य पूर्ण रूपमा सम्पन्न भइसकेको छ।
अन्य जिल्लाहरू दोलखा, पूर्वी रूकुम, बाजुरा, बझाङ र हुम्लामा भने ढुवानी प्रक्रिया अझै जारी रहेको सम्बन्धित निकायले जनाएको छ। ती जिल्लाका विभिन्न मतदान केन्द्रहरूमा सुरक्षित रूपमा मतपेटिका पुर्याउने काम भइरहेको छ।
निर्वाचन व्यवस्थापनका लागि आवश्यक सामग्री समयमै पुर्याउने उद्देश्यले तीव्र गतिमा काम भइरहेको र सबै जिल्लामा शुक्रबार दिउँसो १२ बजेसम्म मतपेटिका ढुवानी सम्पन्न गर्ने योजना रहेको जानकारी दिइएको छ।
दुर्गम भूगोलका कारण सडक मार्गबाट ढुवानी कठिन हुने भएकाले हेलिकप्टरमार्फत सामग्री पुर्याएर निर्वाचन तयारीलाई समयमै पूरा गर्ने प्रयास भइरहेको छ।