काठमाडौँ । दोलखाको तामाकोशी गाउँपालिका–४ मालुस्थित मतदान केन्द्रमा रोकिएको मतदान पुनः सुरु भएको छ। तामाकोशी–४ स्थित गोल्मेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रमा केहीबेर रोकिएको मतदान पुनः सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिएका छन्।
मतदान केन्द्रमा करिब ३ सय मत खसेपछि विवाद उत्पन्न भई मतदान प्रक्रिया रोकिएको थियो। विवाद समाधानपछि स्थानीय प्रशासनले माइकिङ गर्दै तितरबितर भएका मतदातालाई मतदान गर्न आउन आग्रह गरेको छ। अहिले मतदान शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको जनाइएको छ।